परिवर्तनको सुरुवात आफैबाट गराैँ : उपसभामुख ठाकुर | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

परिवर्तनको सुरुवात आफैबाट गराैँ : उपसभामुख ठाकुर

काठमाडौं । उपसभामुख रुबिकुमारी ठाकुरले दाइजो लेनदेन भएको विवाहमा उपस्थित हुनु पनि दण्डनीय रहेको बताउनुभएकाे छ । उहाँले सामाजिक सञ्जालमा लेख्दै दाइजो लिनु–दिनु मात्रै नभएर दाइजोको लेनदेनमा आधारित विवाहमा भोज ग्रहण गर्नु पनि कानुनी रूपमा दण्डनीय अभ्यास भएको बताउनुभएकाे हाे ।

‘दाइजो लिनु र दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो,’ उपसभामुख ठाकुरले लेख्नुभएकाे छ, ‘यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउँछ ।’

समाज परिवर्तन, देश विकास र सामाजिक कुरीतिविरुद्ध उभिन चाहनेले परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्नेमा उहाँकाे जाेड छ ।

आफूले विवाहका निमन्त्रणा पत्रहरू प्राप्त गरिरहेको तर निमन्त्रणा कार्डमा ‘दहेजमुक्त विवाह’ भन्ने कतै उल्लेख नभएकाे बताउनुभएकाे छ ।

 

Leave a Reply

ताजा समाचार