कार्यकक्षमै थुनिए वडाध्यक्ष | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

कार्यकक्षमै थुनिए वडाध्यक्ष

khotang diktel

काठमाडौं,४ फागुन । सडक निर्माण उपभोक्ता समिति गठनमा असन्तुष्टि जनाउँदै रुपाकोट मझुवागढी नगरपालिका १५ विजयखर्कका वडाध्यक्ष वीरेन्द्र ढकाललाई बिहीबार एक समहुले कार्यकक्षमै थुनेको छ ।

३० लाखको लागतमा निर्माण हुने बुईपा विजयखर्क वडा कार्यालय हुँदै जोड्ने सडक निर्माणका लागि उपभोक्ता समिति गठनमा असन्तुष्ट जनाउँदै उक्त समहुले वडाध्यक्ष ढकाल कार्यालयभित्र रहेको समयमा ताल्चा लगाएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले दिए । प्रहरी चौकी बुईपाबाट गएका सुरक्षाकर्मीले वडा कार्यालयमा लगाईएको ताल्चा केही समयपछि खोलेका थिए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);