उपसभामुखमा रूबीकुमारी ठाकुर निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

उपसभामुखमा रूबीकुमारी ठाकुर निर्वाचित

काठमाडाैं । श्रम संस्कृति पार्टीका सांसद रुबी कुमारी ठाकुर उपसभामुख पदमा निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा भएको निर्वाचन प्रक्रियामार्फत् उहाँ उपसभामुख पदमा निर्वाचित हुनुभएको हो ।

उहाँले प्रतिनिधि सभाका कुल उपस्थित ‍‍२५६ मध्ये २२९ सदस्यको मत पाउनुभयो ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सरस्वती लामाले पाँच मत पाउनुभयो । रुबी कुमारीलाई रास्वपा, नेपाली कांग्रेस, नेकपाले समर्थन गरेका हुन् । नेकपा (एमाले) भने उपसभामुखको निर्वाचनमा तटस्थ रह्यो । सदनमा भएको मत विभाजनको प्रक्रियामा २२ सांसद उपस्थित हुनुहुन्थ्यो । सभामुख डोलप्रसाद अर्यालले मतपरिणाम घोषणा गर्नुहुँदै सांसद ठाकुर उपसभामुख पदमा अत्यधिक बहुमतले निर्वाचित हुनुभएको जानकारी गराउनुभयो ।

Leave a Reply