काठमाडाैं । प्रतिनिधि सभाकाे उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीबाट उम्मेदवारी परेकाे छ । उम्मेदवारी दर्ता गर्न ताेकिएकाे समय आज बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्मकाे समयमा दुई पार्टीबाट उम्मेदवारी दर्ता भएकाे हाे ।
उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा नै उम्मेदवारी दर्ता गएको राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले जानकारी दिनुभयो । सभाको सभामुख रास्वपाबाट भएको कारण संवैधानिक व्यवस्था अनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख हुनुपर्ने व्यवस्था छ । ओलीले आफूले उपसभामुख पद लिन नचाहेकै कारण पार्टीले लामालाई अघि सारेको जिकिरसमेत गर्नुभयो ।
त्यस्तै, श्रम संस्कृति पार्टीकी सांसद रूबीकुमारी ठाकुरले पनि उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।
उपसभामुखको निर्वाचन शुक्रबार (भाेलि) हुँदैछ ।





