दोस्रो राष्ट्रिय आर्थिक गणनाका गणकहरुलाई आजदेखि देशभर तालिम शुरू | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८२, बिहीबार

दोस्रो राष्ट्रिय आर्थिक गणनाका गणकहरुलाई आजदेखि देशभर तालिम शुरू

काठमाडाैं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि छनोट भएका गणकका लागि पाँचदिने तालिम कार्यक्रम आजदेखि देशभर एकैसाथ शुरु भएकाे छ ।

आर्थिक गतिविधिहरूको वास्तविक अवस्था, स्वरूप तथा संरचना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको यो गणनाको तयारी अन्तर्गत गणकहरुलाई तालिम दिन लागिएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासङ्घसँगको सहकार्यमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डिराज लामिछानेले देशभर रहेका ८४ कार्यालयबाट एकैसाथ तालिम सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँँका अनुसार तालिम कार्यक्रम पाँच दिनसम्म सञ्चालन हुनेछ र तालिम सम्पन्न भएपछि गणकहरू देशभर आफ्नो जिम्मेवारीअनुसार खटिने छन् ।

उहाँका अनुसार यसपटकको आर्थिक गणनालाई निजी–सरकारी सहकार्य मोडेलमा अघि बढाइएको छ । यसअघि नेपालमा पहिलो राष्ट्रिय आर्थिक गणना २०७५ सालको बैशाख–जेठमा भएको थियो ।

Leave a Reply