काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा देशवासीका नाममा सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारबाट देशवासीको नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।
देउवाले निर्वाचन सम्पन्न गर्न सक्नु सन्तोषको विषय भएको बताएका छन । साथै उनले विकास निर्माणका कामलाई अगाडि बढाउन नसकेको स्वीकार पनि गरे । उनले आफ्नो कार्यकालमा भारत र चीन तथा संयुक्त राष्ट्रसंघसँगको सम्बन्ध विस्तार भएको पनि बताए ।
देउवाले आजै राष्ट्रपति समक्ष राजीनामा पत्र बुझाउने छन् ।