काठमाडाैं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर ‘राजनीतिक प्रतिशोध’ साँधेको बताउनुभएको छ । उहाँले सरकारका कदमहरू पूर्वाग्रही रहेको भन्दै यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।
ज्ञवालीले एमाले विरुद्ध भइरहेका घेराबन्दीलाई चिर्न पार्टीले देशव्यापी अभियान सञ्चालन गर्ने समेत संकेत गर्नुभयो । यसबाट सत्तापक्ष र प्रतिपक्ष बीचको दूरी अझ बढ्ने देखिएको छ ।
उहाँले भन्नुभयो, ‘यो प्रतिशोध हो । यसको हामीले कानूनी र राजनीतिक दुवै ढंगले प्रतिवाद गर्छौं । हामीले आफ्नो धारणा भनिसकेका छौँ, यो राजनीतिक प्रतिशोध हो । र प्रतिशोधको कानूनी र राजनीतिक दुवै ढंगले प्रतिवाद हुन्छ ।’
अध्यक्ष ओलीलाई सरकारले ज्यानसम्बन्धी कसुरमा पक्राउ गरेको छ ।





