काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले जेन-जी घटना जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
पहिलो क्याविनेटले कार्की आयोगको प्रतिवेदनमा सुरक्षाकर्मीको हकमा अध्ययन समिति बनाउने र दलका नेतालगायतका अरुको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
सुरक्षा निकायहरुको हकमा भने छानबिन समिति बनाउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी गराएका छन् ।





