मन्त्रिपरिषद् बैठक : सुन तस्करीको विषयमा छानविन गर्न समिति गठन, पेट्रोलियम पदार्थको मूल्य बृद्धि खारेज | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

मन्त्रिपरिषद् बैठक : सुन तस्करीको विषयमा छानविन गर्न समिति गठन, पेट्रोलियम पदार्थको मूल्य बृद्धि खारेज

काठमाडौं, १४ असोज । सरकारले सुन तस्करीको विषयमा छानबिन गरी सुझाव सहितको प्रतिवेदन बुझाउन ४ सदस्यीय छानबिन आयोग बनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले गृह मन्त्रालयको प्रस्तावमा उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा चार सदस्यीय छानबिन आयोग बनाउने निर्णय गरेको सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।

आचार्य संयोजकत्वको चार सदस्यीय टोलीमा अर्थ मन्त्रालयका किशोरजंग कार्की र गृह मन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेको जाँचबुझ आयोग गठन गरेको जानकारी दिनुभयो । त्यसैगरी सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको हो । पुरानो मुल्यसुची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गर्ने निर्णय सरकारले गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);