आज चैतेदशैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइदै | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार

आज चैतेदशैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइदै

chaite dashain

काठमाडाैं । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइदै छ । चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ । शारदीय अर्थात असोजमा मनाइने नवरात्रमा जस्तै चैते दशैमा पनि ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ ।

नवरात्रको पूरै विधि नगर्नेले भने आज अष्टमीमा देवीको आराधना गर्छन् । यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ । चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ । काठमाडौंमा गुह्येश्वरी, भद्रकाली, शोभाभगवती, नक्सालभगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलाञ्चोकमा पलाञ्चोक भगवतीलगायत शक्तिपीठ चैतेदशैँका गन्तव्य बन्छन्। ।

यसैगरी काठमाण्डौ उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवी लगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन् । असोजमा बडादशैँ मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं भनिन्छ । बडादसैंजस्तो चैते दशैंमा जमरा भने प्रयोग हुँदैन ।

Leave a Reply