काठमाडाैं ।
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफूले हतारमा र हतास मनस्थितिमा आएर राजीनामा नदिएको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालयमा जारी कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले यस्तो बताउनुभएको हो । उहाँले विषेश महाधिवेशनपछि पार्टी आफ्नो नेतृत्वमा निर्वाचनमा गएको उल्लेख गर्दै त्यसको परिणामलाई लिएर भइरहेका टिप्पणीहरु आफ्नो सरोकारको विषय नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले आफूले प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भइसकेपछि तत्कालै राजीनामा दिने मनस्थितिमा भएपनि निर्वाचन प्रक्रियाको कारण लम्बिएको बताउनुभयो ।
उहाँले आफू कुनैपनि दबाबमा आएर नभई जिम्मेवारी र जवाफदेहीताको आधारमा राजीनामा दिएको बताउनु भयो । उहाँले काँग्रेसले निर्वाचनमार्फत प्रमुख प्रतिपक्षको भुमिकामा पुर्याएको भन्दै यो जिम्मेवारीलाई महत्वपूर्ण ढंगले पूरा गर्नुपर्ने बताउनु भयो ।




