आज पनि घट्याे सुनकाे मूल्य, प्रतिताेला दुई लाख ७५ हजारमा काराेबार | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८२, सोमबार

आज पनि घट्याे सुनकाे मूल्य, प्रतिताेला दुई लाख ७५ हजारमा काराेबार

काठमाडाैं । नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला १२ हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ६ हजार पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७५ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ८२ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला चार हजार पाँच सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला चार हजार चार सय २५ कारोबार भइरहेको छ।

Leave a Reply