एजेन्सी । दक्षिण अफ्रिकाको जोहानेसबर्ग लगायत देशभर सञ्चालन भएको देशकै पहिलो ‘इनोभेसन विक’ (नयाँ खोज तथा आविष्कार सप्ताह) सम्पन्न भएको छ । हप्ता दिनसम्म चलेको उक्त कार्यक्रममा १ हजार ५ सय भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा १ सय ५० भन्दा बढी नवीन परियोजना र सहभागी संस्थाहरूले आफ्ना आविष्कारहरू प्रदर्शन गरेका थिए । यसले स्वदेशी तथा विदेशी आविष्कारक, लगानीकर्ता, उद्योगका नेतृत्वकर्ता र विकास साझेदारहरूलाई एउटै थलोमा ल्याएको छ ।
टेक्नोलोजी इनोभेसन एजेन्सीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत इस्माइल अब्दुलाले यस कार्यक्रमको मुख्य उद्देश्य दक्षिण अफ्रिकाका विश्वस्तरमा प्रतिष्पर्धी प्रविधिहरू प्रदर्शन गर्नु र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्नु रहेको बताउनु भयो ।





