इण्डोनेसियाको बालीमा परम्परागत हिलो स्नान महोत्सव सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८२, आइतबार

इण्डोनेसियाको बालीमा परम्परागत हिलो स्नान महोत्सव सम्पन्न

एजेन्सी । बालीका मानिसहरूले इण्डोनेसियाको बादुङ रिजेन्सीको केडोङ्गनन गाउँमा मेबुग–बुगन नामको परम्परागत हिलो स्नान उत्सव मनाएका छन् । इण्डोनेसियाको पर्यटकीय टापु बालीमा हिन्दु धर्मावलम्वीहरूले आफ्नो नयाँ वर्षको अवसरमा विशेष परम्पराहरू पालना गर्ने गर्दछन् ।

यसै क्रममा न्येपी अर्थात मौन दिवसको भोलिपल्ट मेबुग–बुगन पर्व मनाइन्छ । मेबुग–बुगनको मुख्य उद्देश्य मानिसभित्र रहेका खराब गुण र नकारात्मकतालाई हटाएर शुद्धीकरण गर्नु हो । स्थानीय बासिन्दाहरू शरीरभरि हिलो दलेर एक–अर्कासँग रमाइलो गर्छन् । जसले गर्दा उनीहरूको मन र शरीर दुवै शुद्ध हुने विश्वास गरिन्छ ।

बालीको क्यालेण्डरअनुसार न्येपी दिवस एक पवित्र दिन हो जसले हिन्दु नयाँ वर्षको शुरुवात गर्दछ । यस दिन बालीभरि पूर्ण मौनता कायम गरिन्छ र कुनै पनि काम वा मनोरञ्जन गरिँदैन। त्यसको लगत्तै मनाइने यो हिलो स्नान पर्वले नयाँ वर्षको उत्साह र उमङ्ग थप्ने काम गर्दछ ।

Leave a Reply