नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

फागुन २४ २०८२, सोमबार

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडाैं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच सदस्यहरुले शपथ ग्रहण गर्नुभएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको शपथ खुवाउनुभयो । सदस्यहरुले शपथ लिएसँगै औपचारिक रुपमा आफ्नो कार्यभार सम्हाल्नुहुनेछ ।

राष्ट्रिय सभालाई ‘स्थायी सदन’ का रुपमा लिइन्छ । जसले प्रतिनिधि सभाले बनाएका कानूनहरुको पुनरावलोकन गर्ने र परिपक्व निर्णय लिन महत्वपूर्ण भुमिका खेल्ने गर्दछ ।

Leave a Reply