फागुन २७ गतेसम्म प्रत्यक्ष र समानुपातिकको सबै मतगणना सकिन्छ : निर्वाचन आयोग | ईमाउण्टेन समाचार

Our Network

फागुन २४ २०८२, सोमबार

फागुन २७ गतेसम्म प्रत्यक्ष र समानुपातिकको सबै मतगणना सकिन्छ : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको जनाएको छ। आयोगका अनुसार फागुन २७ गतेसम्म प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना सम्पन्न हुने अपेक्षा गरिएको छ।

आयोगका अनुसार हाल प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १६१ क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी ३ क्षेत्रको मतगणना जारी रहेको छ। मतगणना भइरहेको क्षेत्रको परिणाम साेमबार दिउँसोसम्म घोषणा हुने अपेक्षा गरिएको आयोगले जनाएको छ।

त्यस्तै समानुपातिकतर्फ खसेको कुल १ करोड ९ लाख मतमध्ये हालसम्म करिब ६६ लाख मत मतगणना सम्पन्न भएको छ। आयोगले पर्सी फागुन २७ गते बिहानसम्म समानुपातिकतर्फको सबै मतगणना सम्पन्न हुने अपेक्षा गरेको छ।

Leave a Reply