प्रलोपाका उम्मेदवार जनार्दन शर्माद्वारा मतदान, जित सुनिश्चित भएको दाबी | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

प्रलोपाका उम्मेदवार जनार्दन शर्माद्वारा मतदान, जित सुनिश्चित भएको दाबी

काठमाडाैं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट रुकुम पश्चिमका प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन शर्माले मतदान गर्नुभएको छ । उहाँले मुसिकोट नगरपालिकाको सेरिगाउँस्थित यमुनानन्द माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो ।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका शर्माले आफ्नो जित सुनिश्चित भएको बताउनुभयो । शर्माले पहिलो पटक गठन भएको प्रलोपाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएको हो । रुकुम पश्चिममा उहाँको उम्मेदवारीलाई निकै चासोका साथ हेरिएको छ ।

मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको बाक्लो उपस्थिति रहेको र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

Leave a Reply