लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैन : आयुक्त तुलाधर | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैन : आयुक्त तुलाधर

काठमाडाैं । निर्वाचन आयोगले लैङ्गिक समावेशिता सम्बन्धी नीति कार्यान्वयन गर्दै निर्वाचन प्रक्रियाका प्रत्येक चरणमा महिला सहभागितालाई प्राथमिकतामा राखेको छ । संविधान र कानूनले निर्देशित गरे बमोजिम समावेशी निर्वाचन गराउन  राजनीतिक दल, मतदान केन्द्र तथा आयोगमा लैगिक सम्पर्क व्यक्ति तोकेको छ ।

आयोगका आयुक्त डाक्टर जानकीकुमारी तुलाधरले संविधान र कानूनले निर्देश गरे बमोजिम आयोग लैङ्गिक समावेशी निर्वाचन गराउन सदैव प्रतिवद्ध रहेको बताउनुभएको हो । आयुक्त डाक्टर तुलाधरले निर्वाचन आयोगले प्रत्येक राजनीतिक दललाई निर्वाचन सम्पर्क व्यक्तिको रूपमा महिलालाई नै पठाउन पनि अनुरोध गरेको पनि स्पष्ट पार्नुभयो । आयोगको पहलका कारण अहिले अधिकांश दलहरूमा महिला नै सम्पर्क व्यक्तिको रूपमा रहेको पनि उहाँले बताउनु भयो । ६ हजार ७ सय ४३ वटा मतदान केन्द्रमा सूचना सम्पर्क स्थापित गर्नेगरी आयोगले ७ सय ५३ वटै स्थानीय तहमा लैङ्गिक सम्पर्क व्यक्ति तोकेको डाक्टर तुलाधरले बताउनुभयो ।

उहाँले मतदान केन्द्रहरुलाई पनि महिला तथा अपाङ्गता मैत्री बनाउनेमा आयोग सचेत अनि गम्भीर रहेको स्पष्ट पार्नुभयो । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तीन जना मुख्य निर्वाचनअधिकृत र १८ जना निर्वाचन अधिकृत गरी २१ जना महिला निर्वाचन अधिकृत खटिएका छन् ।

Leave a Reply