एजेन्सी । योमा याङ्गोन अन्तर्राष्ट्रिय म्याराथन याङ्गोनमा ५ वर्षको अन्तरपछि पुनः शुरु भएको आयोजकले जनाएको छ ।
यो वर्षको दौड थुवुन्ना राष्ट्रिय इनडोर स्टेडियमबाट शुरु भई समाप्त भएको थियो । दौडको मार्गले म्यानमारको व्यावसायिक केन्द्र याङ्गोनका धेरै चर्चित स्थलहरू पार गरेको थियो ।
कार्यक्रममा तीन श्रेणीहरू थिएः २१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटर च्यालेन्ज र ५ किलोमिटर फन रन/वाक । आयोजककाअनुसार करिव ७ हजार ३ सय धावकहरू सहभागी थिए । जसमा २ सय ४० भन्दा बढी अन्तर्राष्ट्रिय सहभागीहरू समावेश थिए । आयोजककाअनुसार यो कार्यक्रम स्वास्थ्य जागरण प्रवद्र्धन गर्न र अन्तर्राष्ट्रिय धावकहरूलाई आकर्षित गरी देशको पर्यटन उद्योगलाई बढावा दिन लक्षित छ ।
सन् २०१३ मा पहिलो पटक शुरु भएको यो म्याराथन म्यानमारको सबैभन्दा ठूलो सहभागितामूलक दौड प्रतियोगिता र सबैभन्दा चर्चित खेलकुद कार्यक्रमहरू मध्ये एक बनेको आयोजकले बताएका छन् । अन्तिम संस्करण जनवरी २०२० मा भएको थियो ।





