आलोपालो प्रधानमन्त्री बन्ने प्रथा अन्त्य गर्न उपसभापति शर्माकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

आलोपालो प्रधानमन्त्री बन्ने प्रथा अन्त्य गर्न उपसभापति शर्माकाे आग्रह

काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब आलोपालो प्रधानमन्त्री बन्ने प्रथा अन्त्य गर्न आग्रह गर्नुभएको छ । बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले आलोपालो प्रधानमन्त्री बन्ने र बनाउने प्रथ अन्त्य गर्न जोड दिनुभएको हो ।

आगामी सरकारको नेतृत्वका लागि सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको बताउनुभयो । मुलुकको विकास र राजनीतिक स्थायित्वका लागि काँग्रेसले यस्तो निर्णय लिएको उहाँको भनाइ छ । सम्बोधनका क्रममा शर्माले अबको निर्वाचन पछि आलोपालो प्रधानमन्त्री बन्ने विकृत प्रथाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

शर्माले राजनीतिक स्थिरताका लागि ‘विनर्स टेक अल’ (विजेताले सबै पाउने) को नयाँ सिद्धान्त प्रश्ताव गर्नुभएको छ । उहाँका अनुसार चुनावमा सबैभन्दा ठूलो दल हुने पार्टीले नै पूर्ण पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ । यदि संसदमा १ सय ३८ को बहुमत नपुगेमा समानुपातिक हिस्साबाट आवश्यक सिट संख्या थप गरेर भएपनि ठूलो दललाई नै बहुमत पुर्याइदिने कानूनी र संवैधानिक व्यवस्था गर्नुपर्ने उहाँको तर्क छ ।

रुपन्देहीका पाँचै क्षेत्रमा काँग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गर्दै शर्माले कार्यकर्ताहरूलाई सानातिना कुरा बिर्सेर रुख चिन्हमा गोलवद्ध हुन आग्रह गर्नुभयो । निर्वाचनको दिन पूरै रुपन्देही रुखमय हुनुपर्ने भन्दै उहाँले राष्ट्रिय संवाद र गोलमेच सम्मेलनमार्फत चुनावी सुधारका प्रश्तावहरू पास गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply