सरकार र निर्वाचन आयोगले निर्वाचनको वातावरण बनाउनुपर्ने आवश्यकता छः नेपाली काँग्रेस | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

सरकार र निर्वाचन आयोगले निर्वाचनको वातावरण बनाउनुपर्ने आवश्यकता छः नेपाली काँग्रेस

काठमाडाैं ।

नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले निर्वाचनका लागि आवश्यक वातावरण बनाउने जिम्मेवारी सरकारको रहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित निर्वाचन सम्बन्धि विज्ञहरुसँगको सम्वाद कार्यक्रममा बोल्दै उहाँले सरकार र निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक वातावरण बनाउने काममा केन्द्रित हुनुपर्ने बताउनुभएको हो ।

उपसभापति भुसालले राजनीतिक दलहरु भने निर्वाचनको मैदानमा गइसकेको पनि स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधनको आवश्यकतामा जोड दिँदै त्यो काम नयाँ बन्ने संसदले गर्ने बताउनु भयो । उपसभापति भुसालले काँग्रेसले निर्वाचनको लागि घोषणा पत्र तयारीको कामलाई अन्तिम चरणमा पुर्याएको पनि बताउनु भयो ।

Leave a Reply