काठमाडाैं ।
वरिष्ठ अधिवक्ता तथा पूर्व सांसद डा. खिमलाल देवकोटाले आगामी फागुन २१ गते हुने निर्वाचनको लागि नयाँ भन्दा पुराना राजनीतिक दलहरूमा बढी उत्साह देखिएको बताउनुभएको छ ।नेपाल कानून समाजले मंगलवार विज्ञहरुसँग प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा आयोजना गरेको छलफलमा उहाँले पुराना दलहरुमा नै उत्साहित देखिएको बताउनुभएको हो । उहाँले नयाँ राजनीतिक दलहरू भने विभाजित र निराश अवस्थामा देखिएको टिप्पणी गर्नुभयो । डा. देवकोटाकाअनुसार पुराना दलहरू सबै क्षेत्रमा संगठित रूपमा उपस्थित छन् । उनीहरूको उत्साह नयाँ दलहरूको तुलनामा कम देखिँदैन ।
जेन–जी आन्दोलनबाट नयाँ राजनीतिक शक्तिले ठूलो तागत प्राप्त गर्ने अपेक्षा गरिएको भएपनि व्यवहारमा त्यसको प्रभाव कमजोर देखिएको उहाँको दाबी छ । डा. देवकोटाले पुराना दलहरूसँग बलियो संगठन र सुनिश्चित मतदाता आधार रहेको उल्लेख गर्दै नयाँ दलहरूको संरचनामाथि प्रश्न उठाउनु भयो । उहाँले सबै राजनितिक दलहरु चुनावी मैदानमा होमिईसकेकोले निर्वाचन हुनेका भने कुनै आंशका गर्नुपर्ने स्थिति नरहेको बताउनु भयो । निर्वाचनपछि चुनावमा अपेक्षित मत प्राप्त गर्न नसकेको दलले निर्वाचनमा धाँदली भएको भन्ने आरोप लगाउने चलन पनि पुरानै रहेको बताउनु भयो ।





