एभरेस्ट समिटियर्स समिट र समिटियर कविता नेपालीबीच सम्झौता | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार

एभरेस्ट समिटियर्स समिट र समिटियर कविता नेपालीबीच सम्झौता

काठमाडाैं ।

एभरेस्ट समिटियर्स समिट नेपाल र एभरेस्ट समिटियर कविता नेपालीबीच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमकाबीच एभरेस्ट समिटियर्स समिट नेपाल र एभरेस्ट समिटियर नेपालीबीच सम्झौता भएको हो । समझदारीअनुसार नेपालीलाई एभरेस्ट समिटियर्स समिट २०२६ का लागि सार्वजनिक सम्बन्ध प्रतिनिधिको रूपमा नियुक्त नियुक्त समेत गरेको छ । यसअघि एभरेस्ट एलायन्स नेपालले छुट्टै एभरेस्ट समिटियर्स समिट २०२६ को मिति, दृष्टिकोण तथा दर्ता प्रक्रिया सार्वजनिक गरिसकेको छ । एभरेस्ट समिटियर्स समिट २०२६ आगामी मे २७ मा काठमाडौंमा आयोजना हुने तय भएको छ ।

नेपालीले गत वर्षको मे महिनामा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । समझदारीअनुसार नेपालीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा एभरेस्ट एलायन्स नेपाल र एभरेस्ट समिटियर्स समिटको प्रतिनिधित्व गर्दै सार्वजनिक सम्बन्ध तथा सञ्चार रणनीतिमा सहयोग गर्नुहुनेछ । साथै दिगो पर्वतारोहण, फोहोर व्यवस्थापन तथा हिमाली वातावरण संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि गर्दै जिम्मेवार पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास गरिएको छ । एमओयु कार्यक्रममा बोल्दै एभरेस्ट समिटियर नेपालीले हिमालको संरक्षणमा योगदान दिने अवसर पाउनु आफ्नो लागि गर्वको विषय भएको बताउनु भयो ।

उहाँले हिमालको संरक्षण र हिमालमा रहेको फोहोर व्यवस्थापनका लागि आफू सदैव कटिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालको पहिचान भएकै हिमाल भएको उल्लेख गर्दै उहाँले हिमालको संरक्षण गर्न सबैले आआफ्नो ठाउँबाट योगदान दिन जरुरी रहेको पनि बताउनु भयो ।

Leave a Reply