काठमाडाैं । नेपाल चलचित्र पत्रकार संघका निःवर्तमान अध्यक्ष तथा सञ्चारकर्मी दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचारकाे क्रममा उनकाे निधन भएकाे हाे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी प्रचार अभियानका क्रममा अछामको मंगलसेन पुगेका उनी शुक्रवार बिहान अचानक बेहोस भएका थिए । उनलाई तत्काल अछाम जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि अवस्था गम्भीर देखिएकाले नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत हुँदै काठमाडौं ल्याइएको थियो ।
काठमाडौंमा टोखास्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको आईसीयुमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर उनको उपचारका क्रममा आइतबार मध्यान्ह सवा १२ बजे निधन भएको अस्पतालले पत्रकार सम्मेलनमार्फत जनाएको छ । सिटौला नुवाकोट घर भई काठमाडौंमा बस्दै आएका थिए ।






