देश जलाउने शक्तिबाट चल्ला निस्किँदैन : अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

देश जलाउने शक्तिबाट चल्ला निस्किँदैन : अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै बतासे अण्डाबाट चल्ला ननिस्किने टिप्पणी गर्नुभएको छ । नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले अहिले लडाईं देश जलाउने की देश बनाउनेहरुको बीचमा रहेको बताउनुभयो । साह झापा ५ मा आफूसँग ठुटे सिंङ लिएर सिंगौरी खेल्न पुगेको टिप्पणी गर्नुभयो ।  उहाँले नेकपा एमाले देश बनाउन शक्ति भएको बताउँदै देश जलाउने शक्तिहरु कहिल्यै सफल नहुने बताउनु भयो । उहाँले उनीहरुले देश जलाएको पनि स्वीकार गरिसकेको बताउनुभयो । अराजकता मच्चाउँदै जाने की विधिको शासन, कानूनको राज बनाउँदै जाने भन्ने हिसाव आगामी निर्वाचनले गर्ने बताउनुभयो

ओखलढुंगाबाट अस्मिता थापालाई विजयी गराएर पठाउनेमा आफू विश्वस्त रहेको बताउँदै अध्यक्ष ओलीले अस्मिता हार्नु एउटा ठाउँमा देश हार्नु सरह भएको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले रास्वपा लगायतका शक्तिहरुले लुटपाट गर्न, आगजनी गर्न मात्रै जानेको बताउनुभयो ।

Leave a Reply