'राम पाँच वर्ष मिसनमा जानुभएको छ, भरत बनेर अयोध्या सम्हाल्छु' | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

‘राम पाँच वर्ष मिसनमा जानुभएको छ, भरत बनेर अयोध्या सम्हाल्छु’

काठमाडाैं । नेपाली काँग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सचिन तिमलसेनाले रोजगारीको अवसर सिर्जना र युवाहरुलाई उद्यमशिलतामा नजोडेसम्म युवाहरु विदेश पलायन हुनबाट नरोकिने बताउनुभएको छ ।  काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले रोजगारी नपाएर विदेश जानुपर्ने अवस्था नआओस् भन्नेमा मेहनतका साथ आफूले काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले युवा रोजगारीमा विशेष काम गर्ने बताउनुभयो । उहाँले यसअघि सोही क्षेत्रबाट निर्वाचित गगनकुमार थापा विशेष कारणले मिसनमा जानुभएको टिप्पणी गर्दै अबको पाँच वर्ष आफूले भरत बनेर अयोध्यारुपी निर्वाचन क्षेत्र नम्बर ४ लाई सम्हाल्ने जिकिर गर्नुभयो ।

उहाँले प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएर प्रतिनिधि सभा छिर्दै गर्दा गगन थापालाई देशको प्रधानमन्त्री बनाउने महाअभियानको सबैभन्दा दरिलो मियोको रुपमा आफू उभिने बताउनुभयो ।

उम्मेदवार तिमलसेनाले युवाहरुलाई उद्यमशिलतामा जोड्न आफूले काम गर्ने बताउनुभयो । पहिलो पटक व्यापार गर्ने नवयुवाहरुलाई दुई वर्षको कर माफ गर्ने किसिमको कानून बनाउने दाबी गर्नुभयो ।

Leave a Reply