काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर सम्वादमा रहेको बताउनुभएको छ । जनकपुुरमा आयोजित एक कार्यक्रममा थापाले निवर्तमान सभापति देउवासहितका नेताहरुसँग निरन्तर सम्वादमा रहेको बताउनुभएको हो ।
सभापति थापाले मुलुक निर्वाचनमा होमिएकाले सिंगो पार्टी पंक्तिलाई एक ढिक्का भएर निर्वाचनको प्रचार अभियानमा जुट्न पनि निर्देशन दिनुभयो । विगतलाई लिएर काँग्रेसका कुनैपनि नेता, कार्यकर्तालाई पार्टीभित्र फरक मत राख्ने समय नभएको सभापति थापाको भनाई छ ।
उहाँले निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई असहयोग गर्ने नेता, कार्यकर्तालाई कारबाही गर्ने चेतावनी समेत दिनुभयो । सभापति थापाले पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूले कुनै कसर बाँकि न राख्ने पनि बताउनुभयो ।





