काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते आइतबार जापान भ्रमणमा जानुहुने भएको छ । बिहीवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उहाँ नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणन स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।
अर्यालका अनुसार राष्ट्रपति पौडेल नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी माघ १८–२१ गतेसम्म तीन दिने भ्रमणमा जान लाग्नुभएकाे हो । बैठकले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘२०८२-११-१ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरिएको छ ।’
आगामी फागुन १ गतेदेखि लागू हुनेगरी रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय गरिएको अर्यालको भनाइ छ ।





