उद्यमी बन्ने की जागिर खाने ? युवा उमेरमै निर्धारण गर्नुस्ः श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

उद्यमी बन्ने की जागिर खाने ? युवा उमेरमै निर्धारण गर्नुस्ः श्रेष्ठ

काठमाडाैं ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले उद्यमी बन्ने की जागिर खाने भन्नेबारे युवा उमेरमै निर्धारण गर्न आग्रह गनुभएको छ । मंगलवार दोस्रो राष्ट्रिय सहकारी युवा सम्मेलनलाई सम्बोधन गर्दै उहाँले चाहनाअनुसारको पेशालाई युवा अवस्थामा निर्धारण गर्दा सफल हुने सम्भावन बलियो रहेको बताउनु भयो । उहाँले सरकारी जागिरमा एकदमै प्रतिष्पर्धा हुने र उद्यामशीलतामा जाँदा पनि कडा मेहनत भने गर्नुपर्ने बताउनु भयो । श्रेष्ठले उद्यमी हुन युवाहरुलाई सुझाव दिँदै त्यसले आर्थिक अवस्थामा ठूलो सुधार आउने बताउनु भयो । उहाँले सफलताका लागि प्रविधिमा अभ्यस्त हुन समेत युवाहरुलाई अनुरोध गर्नुभयो । अहिले छिटोछरितो प्रविधिमा परिवर्तन आएको बताउँदै श्रेष्ठले अब त्यसमा अभ्यस्त हुनुपर्ने ठूलो चुनौती आएको समेत बताउनु भयो । आफू १४/१५ वर्षको हुँदासम्म प्रविधिबारे धेरै कुराहरुमा अनभिज्ञ रहेको स्मरण गर्दै उहाँले अहिलेका पुस्ता जन्मिदै हाइटेक भएको निस्केको अनुभुति आफूले गरेको उहाँले बताउनु भयो ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले विगतमा जोखिम क्षेत्र आकलन नगरि ऋण प्रवाह गर्दा सहकारीसंस्थाहरु धराशायी भएको बताउनु भयो । उहाँले धितो नराखी लोनहरु दिनुका साथै वास्तविक सदस्य हो, त्यो भन्दा बाहिरको ठूलाठूला रकम वचतका रुपमा स्वीकार गरिँदा समेत समस्या आएको बताउनु भयो । त्यस्तो रकम  जो सञ्चालक छ उनीहरुको कम्पनीमा लगानी गरिदाँ सहकारी संस्था डुबेको बताउँदै अब विगतबाट सिकेर अघि बढ्नुपर्ने बताउनु भयो ।  चिव भुजेलले अब सहकारीहरु अनुशासनमा रहेर चल्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीहरुमाथि कडा नियमन गरेर अघि बढ्न आफूहरुलाई दबाब पनि परिरहेको बताउनु भयो । धेरै वचतकर्ताको रकम डुबेकाले अब सहकारीहरुमाथि सरकारले नियमन बढाउने उहाँको भनाइ छ । मंगलवारबाट शुरु भएको दोस्रो राष्ट्रिय सहकारी युवा सम्मेलन बुधवारसम्म चल्ने आयोजक संस्थालले जानकारी दिएको छ ।

Leave a Reply