धाार्मिक विश्वास र सम्पदालाई असर नपारी द्रुतमार्गमा निर्माण गरौँः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८२, आइतबार

धाार्मिक विश्वास र सम्पदालाई असर नपारी द्रुतमार्गमा निर्माण गरौँः प्रधानमन्त्री

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र  सांस्कृतिक सम्पदालाई असर पु¥याउन नहुनेमा जोड दिनुभएको छ ।मुलुकको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेस द्रुतमार्ग निरीक्षणका क्रममा आज ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उहाँले स्थानीयका सरोकारलाई गम्भीर रुपमा लिई समाधान खोज्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री कार्कीले भौतिक संरचना लगायतका निर्माण गरिँदा आवश्यक पर्याप्त खाली ठाउँको व्यवस्था मिलाउन समेत सुझाव दिनुभयो । स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिई समाधान गर्न जरुरी रहेको बताउनु भयो ।

आवश्यक परेको खण्डमा रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ छ । प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको कार्य प्रगति, चुनौतीलगायतका विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराउनुभएको थियो ।

Leave a Reply