देशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्छौँः अध्यक्ष अन्सारी | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

देशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्छौँः अध्यक्ष अन्सारी

काठमाडाैं ।
राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले देशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने उद्देश्यसहित पार्टी गठन गरेको दाबी गर्नुभएको छ ।मंगलवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले सो दाबी गर्नुभएको हो । गुणस्तरीय शिक्षा, साक्षरता दरमा सुधार तथा सातै प्रदेशमा सस्तो र सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्ने पार्टीको प्रम्ख एजेण्डा रहेको उहाँको भनाइ छ ।

रास्वपा परित्याग गरी पार्टी प्रवेश गर्नुभएका नेताहरुलाई पार्टीमा स्वागत गर्दै उहाँले उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पूँजीवादी दलको संज्ञा दिनुभयो । उहाँले पैसा कमाउन उद्देश्यले नभई देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने भएको कारण राष्ट्र निर्माण दलले मात्र मुलुकलाई निकाश दिनसक्ने दाबी पनि गर्नुभयो ।मंगलवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी ताज मोहम्मद मियाँसहित दर्जन बढी नेता कार्यकर्ता राष्ट्र निर्माण दल प्रवेश गर्नुभयो ।

Leave a Reply