काठमाडाैं ।
नेकपा (एमाले) का सचिव महेश बस्नेतले प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । सचिव बस्नेतले मंगलवार दिउँसो निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नुभएको हो । बस्नेत २०७९ मा भएको निर्वाचनमा पनि सो क्षेत्रबाट उम्मेद्वार रहनुभएको थियो ।
उहाँ गत निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार दुर्लभ थापासँग पराजित हुनुभएको थियो भने २०७० र २०७४ सालमा भने सो क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । काँग्रेसले भने यस क्षेत्रबाट कविर राणालाई उम्मेद्वार बनाएको छ । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मंगलवार देशभर मनोनयन दर्ता भइरहेको छ ।




