काठमाडौ – २ बाट राप्रपा नेतृ कुन्ति पोखरेल गराइन् मनोनयन दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८३, शनिबार

काठमाडौ – २ बाट राप्रपा नेतृ कुन्ति पोखरेल गराइन् मनोनयन दर्ता

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ति पोखरेलले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । पोखरेलले मंगलवार निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नुभएको हो । पोखरल यसअघि २०७९ मा भएको निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेद्वार बन्नुभएको थियो । गत निर्वाचनमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमसँग पराजित हुनुभएको थियो । यसपटक भने गौतम चितवन क्षेत्र नम्बर २ पुग्दा पोखरेल फेरि सोही क्षेत्रमा उम्मेद्वार बन्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागी मंगलवार देशभर मनोनयन दर्ता भइरहेको छ ।

Leave a Reply