निर्वाचन आयोगले वैधानिकता नदिए देशभर आन्दोलन गर्ने संस्थापन कांग्रेसकाे चेतावनी | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

निर्वाचन आयोगले वैधानिकता नदिए देशभर आन्दोलन गर्ने संस्थापन कांग्रेसकाे चेतावनी

काठमाडाैं । नेपाली काँग्रेसको संस्थापन पक्षले आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।  पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो चेतावनी दिनुभएको हो ।

उहाँले षड्यन्त्र र दबाबमा परेर निर्वाचन आयोगले पार्टी विधान र संविधानविपरित निर्णय गरेर वडा तहदेखि केन्द्रसम्म आन्दोलन चर्काउने चेतावनी दिनुभयो । उहाँले पार्टीको केन्द्रीय कार्यसमितिबाहेक कुनैपनि पदाधिकारीलाई विशेष महाधिवेशन बोलाउने अधिकार नभएको जिकिर गर्दै आफूहरु नै आधिकारिक भएको जिकिर गर्नुभयो ।

पुस अन्तिममा काठमाडौंमा सम्पन्न पार्टीको विषेश महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरेपछि काँग्रेस विभाजित भएको छ । पार्टीको संस्थापन पक्ष र विशेष पक्ष वैधानिकताको लडाइँमा छन् ।

Leave a Reply