आसन्न राष्ट्रिय सभा निर्वाचनले मुलुकमा डेमोक्रेसी छ भन्ने आभास दिन्छ : अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

आसन्न राष्ट्रिय सभा निर्वाचनले मुलुकमा डेमोक्रेसी छ भन्ने आभास दिन्छ : अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न राष्ट्रियसभाको निर्वाचनले मुलुकमा डेमोक्रेसी छ भन्ने आभास दिइरहेको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिने कामले मुलुकमा डेमोक्रेसी छ भन्ने अनुभूति भईरहेको बताउनुभएको हो ।

उहाँले जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा भंग गरेर मुलुकमा डेमोक्रेसीको मजाक गरिएको जिकिर गर्दै त्यसको पुनर्स्थापना हुनैपर्ने अडान समेत दोहोर्याउनुभयो । मुलुकलाई संवैधानिक मार्गमा फर्काउन पनि प्रतिनिधिसभा पुनस्थापना हुनुको विकल्प नरहेको ओलीको भनाइ थियो । उहाँले संविधान मिच्न, कुल्चिन नदिन आफूहरुले प्रतिनिधि पुनस्थापनाको माग गर्नुपरेको समेत बताउनुभयो ।

अध्यक्ष ओलीले मुलुकमा अब अपराधिक गतिविधि हुन नदिन आफ्नो पार्टीले पिपुल भोलेन्टियर्स टोली टोलटोलमा परिचालन गर्ने निर्णय लिएको समेत बताउनुभयो ।

Leave a Reply