प्रधानमन्त्री सुशीला कार्की र अमेरिकी राजदुत थम्पसनबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

प्रधानमन्त्री सुशीला कार्की र अमेरिकी राजदुत थम्पसनबीच भेटवार्ता

काठमाडाैं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत डिन आर थम्पसनले अन्तरिम सरकारका  प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुवै पक्षबीच द्विपक्षीय हित, सहयोग र समसामयिक विषयमा छलफल भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई लामो समयदेखि पुर्याउँदै आएको विकास सहयोग र समर्थनका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि नेपालको लोकतान्त्रिक प्रक्रिया, शान्ति र स्थिरताका लागि अमेरिकी सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

विशेष गरी आगामी फागुनमा हुने निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सहयोगको अपेक्षा रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री कार्कीको नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा निर्वाचन गराउने तयारी गरिरहेको छ ।

अमेरिकासँगको सम्बन्धलाई थप सुदृढ बनाउँदै नेपालको विकास र लोकतन्त्र मजबुत बनाउने दिशामा यो भेटले महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

Leave a Reply