'विकास सुस्त र सुशासन कमजोर हुँदा नवयुवा पुस्तामा गहिरो असन्तुष्टि' | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

‘विकास सुस्त र सुशासन कमजोर हुँदा नवयुवा पुस्तामा गहिरो असन्तुष्टि’

काठमाडाैं । अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा विकासको गति सुस्त र सुशासनमा रहेका कमजोरीका कारण आम नवयुवा पुस्तामा गहिरो असन्तुष्टि रहेको बताउनुभएको छ । ललितपुरमा विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले यस्तो बताउनुभएको हो ।

उहाँले नवयुवामा देखिएको असन्तुष्टि समय समयमा विभिन्न घटनाक्रममार्फत प्रकट हुँदै आएको उल्लेख गर्दै हालको राजनीतिक परिस्थिति समेत नवयुवाले व्यक्त गरेको असन्तोष र विद्रोहको परिणाम भएको बताउनुभयो । उहाँले आगामी २१ फागुनमा हुने निर्वाचनमा आम नागरिकले विकासको गति तिब्र बनाउने, सुशासनको अनुभुति दिलाउने तथा स्रोत र सम्पतीमाथिको अतिक्रमण घटाउँदै भ्रष्टाचार नियन्त्रण गर्नसक्ने राजनीतिक शक्तिलाई सत्तामा ल्याउने विश्वास समेत व्यक्त गर्नुभयो ।

देशमा विकाससम्बन्धी नीति र योजना अभाव नभएको भन्दै उहाँले पञ्चवर्षीय योजना, दीर्घकालीन रणनीतिक योजना, मन्त्रालयका व्यवसायिक योजना तथा निजी क्षेत्रका योजनामा विकासको स्पष्ट खाका भएपनि कार्यान्वयनमा समस्या रहेको उल्लेख गर्नुभयो ।

उहाँले मुलुकको विकास र समृद्धिका लागि बहस नभई व्यवहारमै देखाउनुपर्ने धारणा राख्नुभयो ।  उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमार्फत मुलुकका समस्याहरुको हल गर्ने रणनीतिक योजना भएको राजनीतिक शक्तिलाई जिताउन समेत आम नागरिकलाई आग्रह गर्नुभयो ।

Leave a Reply