समानुपातिकतर्फको बन्दसूची रुजु गर्दै निर्वाचन आयोग | ईमाउण्टेन समाचार

Our Network

साउन २४ २०८३, सोमबार

समानुपातिकतर्फको बन्दसूची रुजु गर्दै निर्वाचन आयोग

काठमाडाैं । आगामी फागुन २१ गतेका लागि तय भएको चुनावका लागि गएको राजनीतिक दलका तर्फबाट प्राप्त समानुपातिकतर्फको बन्दसूचीमा आयोगले रुजु गरिरहेको छ ।

आयोगका अनुसार सूचीमा कानूनबमोजिम समावेशी समूह मिले/नमिलेको रुजु गरेर आज सम्बन्धित दललाई सूचित गरिनेछ र यसलाई दलहरुले सच्याएर यही पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्नेछ ।

त्यसरी पेश गरिएको संशोधित सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गतेका लागि समय दिइनेछ । फिर्ता हुन आवेदन दिइएको उम्मेदवारका बारेमा सम्बन्धित दललाई आयोगले सूचित गर्ने र दलले अर्काे उम्मेदवार पठाउन पाउनेछ । माघ ४ गते बन्दसूची सार्वजनिक गरिनेछ ।

सूचीमा रहेका उम्मेदवारबारे कानुनी रुपमा अयोग्य भनी दाबीविरोध परेमा छानबिन गरी माघ २० गते अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । सूची त्यसपछि भने परिवर्तन हुने छैन । त्यस्तै आयोगले आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि फागुन १० गतेभित्र जिल्ला जिल्लामा मतपत्र पुर्याउने गरी काम थालेको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सरदर दुई करोड मतपत्र छाप्ने आयोगको तयारी छ ।

Leave a Reply

ताजा समाचार