एमालेले प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचिन हुने ४१ जना सांसद छनोट | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

एमालेले प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचिन हुने ४१ जना सांसद छनोट

UML

काठमाडौं, २८ माघ । नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचिन हुने ४१ सांसद छनोट गरेको छ । आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटि बैठकले पार्टिले प्राप्त गरेको सिट संख्या अनुसार समावेसी समूह मिलाएर निर्वाचन आयोगमा पठाउने निर्णय गरेको हो । जसमा ३७ महिला र ४ पुरुष रहेका छन् ।

बैठकपछि पार्टी सचिव प्रदिप ज्ञवालीले पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै फागुनभित्रै एकता हुने बताए । त्यस्तै उनले फागुन ३ गतेभित्र नयाँ सरकार गठनका लागि वाम गठबन्धनका तर्फबाट प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम राष्ट्रपतिसमक्ष पेश गरिने बताए ।

बैठकले काम चलाउ सरकारले गरेको कुनैपनि दुरगामी प्रभाव पार्ने निर्णय मान्य नहुने निष्कर्ष निकालेको छ । साथै राष्ट्रियसभामा मनोनित हुने ३ जनाको नाम सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेकोमा एमालेले आपत्ति जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);