विधान अनुसार अघि बढ्दा पार्टी फुट्दैन, एकढिक्का रहन्छ : महामन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १२ २०८३, बिहीबार

विधान अनुसार अघि बढ्दा पार्टी फुट्दैन, एकढिक्का रहन्छ : महामन्त्री शर्मा

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार अघि बढ्दा पार्टी विभाजित नहुने भन्दै पार्टी फुट्छ कि भनेर आशंका नगर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले पार्टीभित्र एकताको विषयमा उठेका आशंकाहरू निराधार भएको भन्दै पार्टी थप मजबुत र बलियो भएर अघि बढ्ने जिकिर गर्नुभयो । उहाँले वर्तमान राष्ट्रिय परिस्थितिमा काँग्रेसले महाधिवेशनमार्फत नेतृत्व, नीति र दृष्टिकोण तय गर्दै अघि बढ्नुपर्ने आवश्यकताका आधारमा महाधिवेशनको मिति तय गरिएको भएपनि महाधिवेशन गर्न नसकिएको बताउनुभयो ।

उहाँले निर्वाचनअघि राष्ट्रिय संकल्प गर्नुपर्ने नभए विषेश महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने विकल्पमा कार्यसम्पदान समिति बैठकमा छलफल हुने बताउनुभयो ।

काँग्रेसमा नियमित महाधिवेशनको कार्यक्रम अगाडि नबढेपछि महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन प्रक्रिया अघि बढाउनुभएको छ ।

Leave a Reply

ताजा समाचार