फाइल खोलेर राख्ने नभइ कारबाही गरेर देखाउने मन्त्री श्रेष्ठकाे चेतावनी | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

फाइल खोलेर राख्ने नभइ कारबाही गरेर देखाउने मन्त्री श्रेष्ठकाे चेतावनी

काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्का संरचनाहरुको भाडा सम्झौता समयानुकुल बनाइने बताउनुभएको छ । परिषद्का संरचनाको अनुगमका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले परिषद्का संरचनाको बाँकी वक्यौता उठान व्यापारी तथा संघसंस्थाहरुलाई तत्काल पत्र काट्ने पनि जानकारी दिनुभयो । सरकारले कति वटा संघसंस्थाहरुले वक्यौता दिएका छैनन् त्यसबारे सूचि तयार भइसकेको र १५ दिनभित्र पत्र काटिसक्ने बताउनु भयो । फाइल खोलेर राख्ने नभइ कारबाही गरेर देखाउने उहाँको चेतावनी छ । भाडा सम्झौता नवीकरण गर्ने समयमा समयानुकुल भाडादर निर्धारण गरिने पनि बताउनुभयो ।

मन्त्री श्रेष्ठले व्यापारिक प्रयोजनका लागि भाडा लिएकाहरुबाट वक्यौता उठाउन शुरु गर्ने पनि बताउनुभयो ।

Leave a Reply