पर्यटन बोर्डलाई परिमार्जन गर्न आवश्यक : पर्यटनमन्त्री | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

पर्यटन बोर्डलाई परिमार्जन गर्न आवश्यक : पर्यटनमन्त्री

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिककुमार सिन्हाले विश्व पर्यटनको बदलिँदो अवस्थाअनुसार नेपाल पर्यटन बोर्डलाई परिमार्जन गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल पर्यटन बोर्डको २७ औँ वार्षिकोत्सवका अवसरमा बुधवार आयोजित कार्यक्रममा मन्त्री सिन्हाले विश्वव्यापी पर्यटन अहिले गुणस्तर केन्द्रित, अनुभवमुखी र जिम्मेवार यात्रातर्फ उन्मुख भईरहेको बताउनुभयो ।

उहाँले नेपालले पनि सोही अनुसार समयानुकुल नीतिगत र संरचनागत सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । बोर्डले स्पष्ट दृष्टि, उच्च व्यावसायिकता र रणनीतिक केन्द्रिकरणसहित नयाँ अवधारणा अगाडी बढाउनुपर्ने उहाँको भनाई छ । डिजिटल संलग्नता, गुणस्तरीय पर्यटन, दिगो अभ्यास र उदयमान स्रोत बजारलाई राष्ट्रिय प्राथमिकतासँग रणनीतिक रूपमा जोडेर अघि बढ्नुपर्ने उहाँले बताउनु भयो । पर्यटन क्षेत्रलाई दीर्घकालीन रूपमा प्रतिष्पर्धी बनाउनुपर्ने उहाँको भनाई छ ।

मन्त्री सिन्हाले पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको भुमिकाको प्रशंसा गर्नुहुँदै निरन्तर सहकार्य र विश्वासको अपेक्षा समेत गर्नुभयो । यद्यपि सरकारी संयन्त्र र निजी क्षेत्रबीच सोच, निर्णय र कार्यान्वयनका तहमा ठूलो खाडल रहेको आफूले महशुस गरेको उहाँलको भनाई छ । निजी क्षेत्रले गर्ने निर्णय र सरकारले गर्ने निर्णयबीच आवश्यक तादम्यता मिल्न नसकेको उहाँले बताउनुभयो । तर एउटै ढुंगामा बसेर अघि बढ्नुको विकल्प नभएको उहाँको भनाई छ । एक–अर्काको काममा दोषारोपण गर्नुको सट्टा सहकार्य र समन्वयलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले पर्यटन बोर्डले नेपालको पर्यटन विश्वबजारमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

Leave a Reply