एजेन्सी, २८ माघ । अमेरिकाले उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर दक्षिण कोरियासँग भएको सहमतिमा दुबै मुलुक कटिबद्ध भएको स्पष्ट पारेको छ । दक्षीण कोरियामा जारी शीतकालीन ओलम्पिक्सको उद्धघाटन समारोहमा सहभागि भएर स्वदेश फर्कने क्रममा अमेरिकी उपराष्ट्रपति माईक पेन्सले उत्तर कोरियालाई दवाब दिइरहनुपर्ने आवश्यकताबारे अमेरिका र दक्षिण कोरिया पूर्णतः सहमत रहेको स्पष्ट पारे ।
उत्तर कोरियाको विषयमा दुई देशबीच कुनै मतभेद नरहेको उहाँकोभ भनाइ छ । पारमाणविक कार्यक्रमसम्बन्धी तनावका बावजुद शीतकालीन ओलिम्पिक्सले दुई कोरियाबीचको सम्बन्धमा केही सुधार ल्याएको छ ।
वीन्टर ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन पुगेकी बहिनी किम यो–जोङमार्फत उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाली राष्ट्रपति मुन–जेईनलाई प्योङयाङ भ्रमणको निम्तो दिएपछि अमेरिका केही सशंकित बनेको जनाइएको छ ।