काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसम्बन्धि मुद्दाको अविलम्व छिटो फैसला गर्न सर्वोच्च अदालतसँग आग्रह गर्नुभएको छ । काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले देशलाई अप्ठयारो अवस्थाबाट पार लगाउन पनि सर्वोच्च अदालतले सो मुद्दाको फैसला छिटो गर्नुपर्ने तर्क गर्नुभएको हो ।
ओलीले समयमा न्याय नदिनु वा विलम्व गरी न्याय दिनु भनेको न्याय नदिनु सरह हो भन्ने कुरालाई मनन गरेर अदालतले मुद्दाको फैसला तत्काल गर्न आवश्यक रहेको जिकिर समेत गर्नुभयो । उहाँले अदालतले संसद पुनर्स्थापनाको फैसला गर्नुबाहेक अर्को बाटो नरहेको पनि दोहोर्याउनुभयो ।
अध्यक्ष ओलीले एमाले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा स्पष्ट र दृढ रहेको अडान राख्नुभयो । उहाँले सर्वोच्च अदालतले सो सम्बन्धि फैसलामा ढिलाई गर्नुको कुनै अर्थ नरहेको समेत बताउनुभयो ।





