देशलाई निकास दिने उत्तम विकल्प निर्वाचन : संयोजक दाहाल | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

देशलाई निकास दिने उत्तम विकल्प निर्वाचन : संयोजक दाहाल

काठमाडाैं । नेपाली कम्यनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशलाई निकास दिने सबैभन्दा उत्तम विकल्प निर्वाचन नै भएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अन्य विकल्पतिर सोच्यो भने देश फेरि अर्को दुर्घटनमा जानसक्ने चेतावनी दिनुभयो । उहाँले सबै राजनीतिक दलहरु पनि निर्वाचनमार्फत नै देशमा राजनीतिक स्थिरता, स्थायित्वतर्फ र विकासको नयाँ प्रक्रियातिर लैजान सकिन्छ भनेर निर्वाचनमा लागेको बताउनुभयो । सबैको सामुहिक प्रयासले नै संकटमा परेको राष्ट्रलाई निकास दिने, अराजकता, फैलिने हो की भन्ने सन्त्रास र आशंकाबाट देशलाई मुक्त गर्ने जिम्मेवारी निर्वाह गर्न सकिने उल्लेख गर्नुभयो ।

संयोजक दाहालले नयाँ युवाहरुले राजनीतिप्रति रुचि बढ्दै जानु सकारात्मक पक्ष भएको बताउनुभयो । शान्तिपूर्ण र लोकतान्त्रिक तरिकाबाट देशलाई निकास दिनुपर्ने बताउनुभयो ।

Leave a Reply