हेटाैँडा, २८ माघ । प्रदेश नम्बर ३ को उपसभामुखमा नेकपा माओवादी केन्द्रकी राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छिन् । आईतबार बसेको प्रदेशसभा बैठकले तामाङलाई उपसभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
तामाङलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव एमालेका डोरमणि पौडेलले गरेका थिए भने माओवादी केन्द्रकी कुमारी मोक्तानले सो प्रस्तावमा समर्थन गरेकी थिइन् । तामाङ एक्लैको उम्मेदवारी परेपछि सभामुख सानु श्रेष्ठले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (क) बाट निर्वाचित तामाङ माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा पूर्व कृषि राज्यमन्त्री हुन् ।