काँग्रेसले समानुपातिक सूची आज बुझाउने | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

काँग्रेसले समानुपातिक सूची आज बुझाउने

काठमाडाैं । नेपाली काँग्रेसले आगामी प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ । सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यसबारे जानकारी गराउनुभएको हो।

केन्द्रिय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रीय कार्य सम्पादन समितिमा रहनुभएका नेताहरुसँग छलफल भइरहेको र अब सूचि तयार गरेर सोमवारसम्म आयोगलाई बुझाउने बताउनुभयो । समानुपातिक सूचीबाट १ सय १० जना सांसदहरु चयन हुने भएकाले समानुपातिक सूची तयार पार्नु पनि महत्वपूर्ण काम भएको बताउनुभयो ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र रास्वपामा प्रवेश गर्नुभएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह दाग नलागेको व्यक्ति नभएको बताउनुभयो ।

Leave a Reply