मुलुकको समग्र पुनर्संरचनामा साथ दिन कर्मचारीलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

मुलुकको समग्र पुनर्संरचनामा साथ दिन कर्मचारीलाई निर्देशन

काठमाडौं,२८ माघ । ३८ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर आज काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले मुलुकको समग्र पुनर्संरचनामा साथ दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले संवैधानिक व्यवस्था अनुसार आ–आफ्नो कार्यक्षेत्रमा पुगेर कार्यसम्पादन गर्न कर्मचारीहरुलाई सचेत गराएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले सरकार, जीवन उपयोगी सबै शिक्षा नागरिकलाई उपलब्ध गराउन प्रयत्नशील रहेको दाबी पनि गरे । कार्यक्रममा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिएकाहरुलाई सम्मानसमेत गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);