नवनियुक्त परराष्ट्रमन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

नवनियुक्त परराष्ट्रमन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडाैं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो ।

यससँगै अन्तरिम सरकारको मन्त्रीपरिषद् १५ सदस्यीय बनेको छ ।

Leave a Reply