काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले संयुक्त रूपमा भेटवर्ता भएको छ । जेनजी आन्दोलनपछि उहाँहरूबीच पहिलो पटक भेटवार्ता भएको हो ।
प्रधानमन्त्री कार्कीले दलका शीर्ष नेताहरूसँग छलफल गर्न नचाहेको र यसबाट चुनावको वातावरण बन्न नसकेको चर्चाका बीच राष्ट्रपतिसहित प्रधानमन्त्री र मुख्य तीन दलका शीर्ष नेतृत्वबीच भएको छलफललाई धेरैले चासोका साथ लिएका छन् । शीतल निवासमा करिब साढे दुई घण्टा भएको छलफलमा फागुन २१ मै चुनाव हुने वातावरण बनाउने र त्यसका लागि सरकार र दलहरूले आपसी वातावरण बनाउनुपर्ने कुरा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको कार्यालयले जनाएको छ । छलफलमा राष्ट्रपतिले पौडेलले फागुन २१ को चुनावको मितिबाट दाया बाया नलाग्न प्रधानमन्त्री र तीन दलका शीर्ष नेताहरूलाई अनुरोध गरेका बताइएको छ ।





